यसदिन नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा बढेको छ । यस दिन सुन प्रतितोला ३०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार २७ गते शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत असार १९ गते बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । व्यवसायीहरुले गरेको आन्दोलन कारण आज आठौं दिनपछि सुन र चाँदीको मूल्य कायम भएको हो ।
यस दिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । गत असार १९ गते बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

सरकारले आर्थिक वर्ष २०८२-८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हिराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।