ट्रंक तथा डेडिकेटेड महशुल विवाद समाधानउन्मुख छ: हितेन्द्रदेव शाक्य

Jul 08, 2025 02:37 PM merolagani



नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ट्रंक तथा डेडिकेटेड महशुलको विवाद समाधान हुने दिशामा रहेको बताएका छन् ।

आफ्नो १०० दिने उपलब्धि जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताए ।

उनले महशुल नतिरेका उद्योगहरु पुनरावेदनमा आएकाले महशुल विवाद समाधानतर्फ अघि बढेको बताए । उनले आफुले प्राधिकरणको नेतृत्व लिएसँगै अघि बढाइएको श्वेतपत्रलाई आधार मानेर १०० दिनमा केही नयाँ कामहरु अघि बढाएको बताए । उनले गुणस्तरीय विद्युतको आपूर्तिका लागि प्रसारण लाइन निर्माणमा ठूलो लगानी भएको बताए ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।