मौद्रिक नीति आम लगानीकर्ताको हृदयमा बस्ने हुनुपर्छ

Jul 08, 2025 07:28 PM Merolagani



आजको बजार सामान्य अंकले घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ०.१४ अंक घटेर २६८३.८६ विन्दुमा झरेको छ भने ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

मंगलबार बजार सामान्य घटेपनि बढ्नेमा लगानीकर्ताहरु ढुक्क भएको देखिन्छन् । समग्र अवस्था सहज बन्दै गएपछि बजार बढने विश्वास गरिएकाे हो । नेपाल राष्ट्र बैंकले अप्ठ्याराे भएका केही नीतिलाई सहज बनाएको छ । अब आउने मौद्रिक नीतिले पनि बजारको लागि खुकुलो बनाउने र बजारले राम्रो गति लिनेमा लगानीकर्ताहरु आशावादी भएका हुन ।

अब आउने मौद्रिक नीति आम लगानीकार्ताको हृदयमा बस्ने खालको हुनु पर्ने लगानीकर्ता ललित (रमेश) ढुङ्गानाले बताएका छन् । मौद्रिक नीतिले शेयर बजारमा लगाएको सीमा हटाउनुको साथै बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्नको लागि सके जति सहज गर्नुपर्नेमा ढुङ्गानाको जोड छ ।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।