बजार नजिकबाट हेर्ने समय हो !

Jul 09, 2025 06:07 PM Merolagani



निरन्तर बढेर सामान्य करेक्सन भएपछि पुनः बढ्ने सुरमा शेयर बजार छ । गत हप्ता निरन्तर बढेको बजारमा सोमबार र मंगलबार सन्तुलित करेक्सन भएर बुधबारदेखि पुनः बढेको हो ।

बुधबारको बजार २२.०४ अंकले बढेर २७०५.९० विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ७ अर्ब ४५ करोड बढीको शेयर खरिदबिक्री भएको हो । बजार असार मसान्तको संघारमा रहेको छ । यो अवस्थामा लगानीकर्ताहरु लगानी गर्नको लागि पूर्ण रुपमा विश्वस्त भइनसकेको हुन । मसान्तको सेटलमेन्टदेखि ब्याजदर तिर्न पर्ने दवावले बजारलाई प्रभावित पार्ने गरेको हो । यद्यपि बजारमा देखिएको लगानीकर्ताको विश्वासले ठूलो प्रभाव नपार्ने संकेत देखिएको हो ।

समग्र अवस्था सहजता बन्दै गर्दा र मौद्रिक नीतिले बजारका अप्ठ्याराहरु निराकरण गर्दै नीतिगत रुपमा सहजिकरण गर्नेमा लगानीकर्ताहरु आशावादी भएको पाइन्छ । यसले पनि यो समयमा लगानीकर्ताहरु बेग्रताका साथ नेपाल राष्ट्र बैंकले ल्याउँदै गरेको मौद्रिक नीतिको पखाईमा रहेको बुझिन्छ । बुधबारको बजारमा वाणिज्य बैंकमा लगानीकर्ताको आकषर्ण बढ्नुले पनि बजारमा बलियो आधार निर्माण गरेको छ । त्यसैले यो समयमा लगानीकर्ताहरुले बजारलाई 'क्लोज्ली वाच' गर्नुपर्ने जानकारहरुको सुझाव छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।