अमेरिकी कम्पनी जेन स्ट्रिटले ‘ज्याकपट प्राइस’ र ‘‘स्ट्राइक प्राइस’मा घोटाला गरेर भारतीय शेयर बजारबाट ३ खर्ब ६५ अर्ब ठगी गरेको दावी

Jul 10, 2025 11:02 AM mero lagani



विश्व बजारमा आफ्नो व्यापारिक रणनीति र प्रभुत्वका लागि परिचित अमेरिकी कम्पनी जेन स्ट्रिट भारतमा गम्भीर विवादमा फसेको छ। 

भारतको शेयर बजारसम्वन्धि नियामक निकाय भारतीय प्रत्याभूती और विनिमय बोर्ड (सेबी) ले नै जेन स्ट्रिटले भारतीय शेयर बजारमा अवैधरूपमा हजारौं करोड नाफा कमाएको आरोप लगाउंदै शेयर कारोबारमा पूर्णरुपमा प्रतिवन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेदेखि नै भारत—अमेरिका आर्थिक सम्वन्ध सुमधुर हुन सकेको छैन । यसैसाता सार्वजनिक भएको जेन स्ट्रिट प्रकरणले दुई देशबीचको सम्वन्धलाई थप चिस्याउने आशंकाको बीचमा भारतीय राजनीतिलाई समेत तताउन सक्ने आशंका गरिएको छ ।

‘स्ट्राइक प्राइस’ के हो ?

शेयर कारोबार बन्द हुने समयको मूल्यलाई अनुमान गरेर कुनै पनि कम्पनीको मूल्यलाई पहिले नै आंकलन गरेर गरिने तोकिने मूल्य नै ‘स्ट्राइक प्राइस’ हो । मानिलिनुस कुनै कम्पनीको शेयर मूल्य अघिल्लो दिन ९५५ थियो, आज शेयर कारोवार बन्द हुने समयमा त्यो मूल्य कति पुग्ने अनुमान तपाई गर्नुहुन्छ ? ९६० पुग्छ भन्ने तपाईलाई लाग्छ भन्ने अनुमान गरेर तपाईले कारोबार गर्ने कम्पनीसंग बाजी लगाउनु भयो । संयोगले तपाईको अनुमान ठ्वाक्कै मिल्यो भने त्यो ‘ज्याकपट प्राइस’ भयो । तपाईले आफै पनि पहिले ‘ज्याकपट प्राइस’ कति प्रतिशत भन्ने तोक्न सक्नुहुन्छ । त्यहीअनुसार (कम्पनीसंग पहिले नै गरेको शर्त अनुसार) कम्पनीबाट ‘बम्पर प्राइस’ वा पुरस्कार पाउनुहुन्छ ।

अघिल्लो दिनको अन्तिम कारोबार विन्दुलाई ‘‘स्ट्राइक प्राइस’ मानिन्छ । र, तपाईले आजको कारोबार रकम पनि अघिल्लो दिनको ‘स्ट्राइक प्राइस’ भन्दा यति तल वा माथि जान्छ भनेर अनुमान गर्नुभयो तर त्यो मिलेन भने तपाईले कारोबार गर्ने कम्पनीसंगको शर्त अनुसार निश्चित प्रतिशत रकम गुमाउनुहुन्छ ।

यो केवल कुनै अमुक कम्पनीको मूल्यमा मात्र कायम रहंदैन, शेयर बजारको समग्र कारोबार रकम र अघिल्लो दिनको तुलनामा कारोबार प्रतिशत घटेमा (नेपालको सन्दर्भमा नेप्से इण्डेक्स र भारतको सन्दर्भमा निफ्टी इण्डेक्स) मा पनि हुन्छ ।

सोझो अर्थमा ‘ज्याकपट प्राइस’ र ‘‘स्ट्राइक प्राइस’ दुवै जुवा नै हुन् । जसरी जुवामा च्याँखे थाप्दा तपाई क्षणभरमै मालामाल र क्षणभरमै कंगाल हुन सक्नुहुन्छ । (भनिरहनु नपर्ला जुवाबाट मालामाल हुने सिमित हुन्छन्, कंगाल हुने असिमित) ‘ज्याकपट प्राइस’ र ‘‘स्ट्राइक प्राइस’ ले लगानीकर्तालाई त्यस्तै बनाउंछ । जुवामा जस्तै यस्मा पनि कमाउनेहरु कम र गुमाउनेहरु धेरै हुन्छन् ।

सेवीको एक अध्ययनले ‘ज्याकपट प्राइस’ र ‘‘स्ट्राइक प्राइस’मा आधारित रहेर कारोबार गर्ने ९० प्रतिशत लगानीकर्ता डुबेको देखाएको छ ।

अहिले सेवीले जेन स्ट्रिट माथि लगाएको आरोप पनि त्यही नै हो । सेवीका अनुसार जेन स्ट्रिटले अहिलेसम्म ‘ज्याकपट प्राइस’ र ‘‘स्ट्राइक प्राइस’ को आधारमा ३६,५०० करोड अर्थात ३ खर्ब ६५ अर्ब भारतीय रुपैंया बराबरको कमाइ गरेको छ । घटना सार्वजनिक भएपछि सेवीले उक्त कम्पनीको ४८ अर्व ४३ करोड भारतीय रुपैंया फ्रिज गरेको छ ।

यसको अतिरिक्त, सेबीले जेन स्ट्रिटले विदेशी संस्थागत लगानीकर्ता FPI भएकोले उसले उनीहरूसँग सम्बन्धित विशेष नियम उल्लङ्घन गरेको पनि पत्ता लगाएको छ। भारतीय कानून अनुसार FPI हरूलाई नगद बजारमा इन्ट्राडे व्यापार गर्न अनुमति छैन। अर्थात्, एउटै व्यापारिक दिनमा स्टक किन्न र बेच्न सकिँदैन। तर जेन स्ट्रिटले यो नियम उल्लङ्घन गरेको आरोप छ।

सेबीका अनुसार, जेन स्ट्रिटले यो नियमलाई छल्न भारतमा आधारित जेएसआई इन्भेस्टमेन्ट मार्फत यी कारोबारहरू गरेको थियो।

मे २०२५ सम्म भारतमा १९ करोड ७० लाख स्टक ट्रेडिंग खाताहरू थिए, जुन २०२० को सुरुवातको भन्दा पाँच गुणा बढी हो, र यीमध्ये धेरै लगानीकर्ताहरू अपेक्षाकृत जोखिमपूर्ण फ्युचर्स र विकल्पहरूमा लगानी गरिरहेका छन्।

यो घटनालाई लिएर भारतमा राजनीतिक पार्टीहरुबीच आरोप प्रत्यारोप पनि शुरु भएको छ । कांग्रेस नेता सुप्रिया श्रीनेतले वित्त मन्त्रालय र सेवीकै साँठगाँठमा यो घोटाला भएको भन्दै उच्च स्तरिय छानविन गरेर दोषिहरुमाथि कारवाही हुनुपर्ने माग गरेकी छन् ।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।