अघिल्लो कारोबार दिन अर्थात बुधबार २२.०४ अंक बढेर २७०५.९० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१८ अंक बढेर २७०९.०८ विन्दुमा बन्द भएको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ३८ स्टकको ६२ पटकको कारोबारमा ४० लाख ४९ हजार ६३१ रुपैयाँ ४० पैसा बराबरको ६ हजार ६६७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ।