चालू आवको विनियोजन बजेटमध्ये उक्त दिन पौने २२ अर्बको भुक्तानी भएको हो ।
सरकारले विकास निर्माणको लागि विनियोजन गरेको ३ खर्ब ५२ अर्ब रुपैयाँको बजेटमा २५ असारको एक दिनमा मात्रै पौन २२ अर्ब रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार असार २५ सम्ममा कुल पुँजीगत बजेटमध्ये २ खर्ब ८ अर्ब रुपैयाँ रुपैयाँ खर्च भएको छ । यस्तो खर्च कुल पुँजीगत बजेटको ५९.१३ प्रतिशत पुगेको छ ।
एकै दिन यति ठूलो भुक्तानी भएको यो पहिलो पटक हो । विगतमा पनि असारे विकासका नाममा बजेट खर्च हुने गरेको थियो । यसपाली पनि उहीँ नियति दोहोरिएको जानकारहरु बताउँछन ।