नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले सरकारले जलविद्युत क्षेत्रमा टेक एण्ड पेको व्यवस्था सच्याए पनि बैंक तथा वित्तीय संस्थाले लगानी गर्न हिच्किचाउने अवस्था सिर्जना भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) ले आयोजना गरेको पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय सम्वन्धि अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।