संविधानले नचिनेको र सरकारले मान्यता नदिएको मान पदवी राखेर भ्रम सृजना गरेको आरोपमा उनलाई पक्राउ गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
उनले वक्तव्य जारी गर्दा र फेसबुक प्रोफाइलमा ती भाषा प्रयोग गरेको प्रहरीको भनाइ छ ।
पाठकले पूर्वराजा ज्ञानेन्द्रका विज्ञप्तिहरू ‘श्री ५ महाराजधिराज’ को नाममा सम्बोधन गर्दै जारी गर्ने गरेका थिए ।