Sat, Jul 12, 2025
नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायीहरुलाई ऋण तिर्न नसकी अप्ठ्याराेमा परेकाहरुलाई ऋण पुनर्संरचना गर्न दिने भएकाे छ । माैद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले बताएका हुन् ।
केन्द्रीय बैंकले आज सार्वजनिक मौद्रिक नीतिमा घरजग्गा व्यवसायमा संलग्न भएका कम्पनीहरुले ऋण तिर्न नसकेको भएमा त्यस्तो ऋण तिर्न भाखा समेत दिई ऋण पुर्नसंरचना गर्न दिने व्यवस्था गरिएको छ ।
नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।