'मौद्रिक नीतिको उत्साहले असार मसान्तको दवाव ओझेल पार्यो'

Jul 12, 2025 10:54 AM Merolagani



माैद्रिक नीति आउनु अघि नै शेयर बजारले सकारात्मक लय समाएको छ । शुक्रबार सार्वजनिक गरिएकाे मौद्रिक नीतिले नीतिगत सहजता ल्याएकाे छ र यस्ताे व्यवस्थाले शेयर बजारमा थप उत्साह देखिनेछ ।

नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले ब्याजदरको करिडोरमा फेरवदल सहित शेयर बजारको व्यक्तिगत शेयर धितो कर्जाको सीमा बढाएर २५ करोडमा पुर्याएको छ । मौद्रिक नीतिले बजार चलायमान हुने सीबीआईएल सेक्युरिटज्‌का प्रमुख कार्यकारी सीए मनिष अर्यालले बताए । गत अर्यालसँग सुधा देवकोटाले गरेको कुराकानीः

आर्थिक वर्ष सकिदै गर्दाको मसान्तमा बजार उत्साहित देखिन थालेको छ । कारण के होला ?

आम साधारण लगानीकर्ताले आंकलन गर्न नसक्ने गरी बुलले सुरुवात गर्दै गरेको भन्ने कुरा विभिन्न चरणमा देखिन थालेको छ । बजारमा असार मसान्तको दवाव पर्छ र बजार निकै तल्लो विन्दुमा झर्छ भन्ने अनुमान गरिएको थियो । तर त्यस्तो भएन । असारको २५/२६ गते तिर ब्याजदर देखि यावत दवावहरु सकिएका छन् । अनि बजारले सन्तुलित गति निर्धारण गर्ने आंकलन गरिएको थियो । तर यो अवधिमा अहिलेको हिसावले बजार बढ्छ भन्ने कुरा लगानीकर्ताले सोचेका थिएनन ।

अहिलेको यो बजारलाई असारको दवाव भन्दा पनि मौद्रिक नीतिको उत्साहको रुपमा लिएको छु । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउ लागेकाेले बिहीबारको बजार उत्साहित भएको हो । बिहीबार बैंक वित्तीय संस्था राम्रोसँग चलेका थिए । यो भनेको बजारले मौद्रिक नीतिलाई स्वागत गरेको बुझाउँछ । मौद्रिक नीतिको उत्साहले असार मसान्तको दवाव ओझेल पार्यो ।

लगानीकर्ताहरु उत्साहित हुने अवस्था आएकाे हाे ?

बजारमा अधिक तरलता छ । केन्द्रीय बैंकमा थुप्रेको तरलतालाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छ । उक्त चुनौतीलाई आत्मसाथ गर्नु पर्नेछ । माैद्रिक नीतिले अहिले सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउने माहोल बन्ने छ । वित्तीय कारोबार बढ्दा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शेयर बजारमा राम्रो गर्छ । बैंकहरुको खस्कदो प्रतिफलको क्षमतामा बढोत्तरी हुने वातावरणको निर्माण भएको छ ।। त्यसैगरी, नेप्सेमा पूँजीकरणको एक तिहाइ हिस्सा बैंक तथा वित्तीय संस्थाको नै छ । बैंक तथा वित्तीय संस्थाको अवस्था सुधार हुँदा समग्र नेप्सेको अवस्था राम्रो हुने छ ।

शेयर बजार बढ्छ भन्ने अपेक्षा पूरा हाेला त ?

यसमा यस्तो हो । हामीले अपेक्षा कति गरेका छौं भन्ने कुराले महत्व राखेको हुन्छ । यदि बजारले २० प्रतिशतको मात्रै दिन खोजी रहेको छ तर तपाई अझ धेरै रिर्टन खोज्नु भएको छ भने निरस बन्नु हुन्छ । आउदै गरेको २० प्रतिशत रिर्टन पनि रहदैन । शेयर बजारको रिर्टन भनेको आज दियो, भोलि पनि दिन्छ भन्ने हुदैन । बजारमा आफूसँग आएको नाफा सुरक्षित गर्न सकिएन भने हातबाट जान्छ ।

हामी दिँदै गरेको रिर्टन भन्दा धेरै आशा गरेकाले नै निरास हुन परेको हो । आएको नाफा सुरक्षित गर्दै सोही अनुसारको रणनीति लिने हो । हामी एकै पटक धेरै खोज्छौं अनि आएको पनि गुमाउने गरेका हुन्छौं ।

बजारमा थुप्रेको पूँजी परिचालन हुने र शेयर बजार बढ्छ भन्ने अपेक्षा गरिएकाे हो ?

यसै विषयमा कुरा गर्दै गर्दा सरकारले विभिन्न पक्षबाट सहजिकरण गरेको छ । नेपाल धितोपत्र बोर्डले भखर्रै बैंक तथा वित्तीय संस्थाहरुलाई अविमोच्य असंचिति अग्राधिकार शेयर निष्काशन गर्ने व्यवस्था गरेको छ । यसले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी गर्ने सहज भएको छ । पूँजी प्रर्याप्ततामा समस्या अर्था पूँजीकोषमा दवाव भएकै कारण लगानी गर्न सकेका थिएनन । अब यो व्यवस्थाले लगानीमा सहज बनाउने भयो । कम्पनीको व्यवसाय बढ्ने छ ।

अहिलेको अवस्थामा हेर्दा बैंकहरुसँग अधिक तरलता छ । बैंकहरुले ठाँउमा लगानी गर्न नसकेकै कारण केन्द्रीय बैंकमा थुपारेका छन् । बैंकले ५ प्रतिशतमा निक्षेप लिएर ३ प्रतिशतमा राष्ट्र बैंकमा लगानी गर्दा झनै नोक्सानी बढेको छ । यसै व्यवस्थालाई निरन्तरता दिने हो भने बैंक तथा वित्तीय संस्थाको अवस्था सुधार हुदैन । अबको मौद्रिक नीतिले नीतिगत सहजता बनाएर लगानी गर्न सक्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । यस्ताे व्यवस्थाले बैंकको व्यवसाय वृद्धि त हुने नै भयो सँगसगै यसले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठूलो भूमिका निर्वाह गरेको हुन्छ ।

बजारमा समूहगत रणनीतिमा लगानी हुन सुरु भएको देखिन्छ । के बजारमा बुलको सुरुवात भएको हो ?

शेयर बजारमा हरेक बुलको चक्र, प्याटन र स्वरुपहरु फरक भएको हुन्छ । पुराना बुलका सेक्टर रोटेसनको आधारमा नै हुने गरेको देखिन्छ । अहिलेको बजारमा सेक्टर भन्दा पनि केहि कम्पनीहरु धेरै चलेको देखेका छौं । बजारमा हरेक बुलको प्रकृती फरक भएको हुन्छ । विगतका बुलमा जस्तो यो बुलमा पनि हुनु पर्छ भन्ने हुदैन । विगतमा कम्पनीको संख्या कम थियो ।

अहिले नेप्सेमा कम्पनीको संख्या बढेको छ । बजारमा पूँजी बढेको छ । विगतमा लगानीकर्ताहरुसँग सेक्टर रोटेर्ड गर्न सक्ने क्षमता थियो । अहिले कम्पनीको पूँजी पनि बढेको छ । ठूला पूँजी भएका कम्पनी कारोबारमा छन् । त्यसैले सेक्टर भन्दा पनि कम्पनी रोटेर्ड भएपनि कारोबार भइरहेको छ । कुनै समूहको कुनै कम्पनी चलेको छ भने त्यसले समूहको नेतृत्व पूर्ण रुपमा लिन सकेको छैन् । जस्तो हाइड्रोपावरमा केहि कम्पनी चलेका छन् । सबै हाइड्रोहरु चलेका छन भनेर भन्न सकिने अवस्था छैन । त्यस्तै अन्य समूहमा पनि रहेको छ । हामीले हरेक बुलको प्रकृती फरक हुन्छ भन्ने कुरा बुझ्‌न जरुरी छ ।

वाणिज्य बैंकमा सप्लाई धेरै छ भनेर भनिन्छ । बैंक चल्न सेन्टिमेन्सले काम गर्छ वा पूँजी पनि आएको छ ?

बिहीबारको बजारमा बैंक नै धेरै बढ्यो । धेरै समयसम्म वाणिज्य बैंक खासै चल्न सकेको थिएन । गत बुलमा पनि वाणिज्य बैंक बढ्न सकेको थिएन । तुलनात्मक रुपमा अन्य समूह भन्दा कम बढेको थियो । अरु सेक्टर चार गुणा बढ्दा एकको दुई गुणा मात्रै बढेको थियो । लामो अवधिलाई हेर्दा सो अवधिमा पनि वाणिज्य बैंक एक्युमुलेसनको फेजमा थियो । अहिले पनि एक्युमुलेसन नै भइरहेको छ । वाणिज्य बैंकमा ठूलो बुल आउन पर्ने जरुरी थियो ।

यो मौद्रिक नीति पछि बैंकले बुलको नेतृत्व गर्ने छ । बजारमा जुन क्षेत्र निरुत्साहित भएको हुन्छ । त्यहिनै बजारमा सर्वाधिक चल्ने गरेको पाइन्छ । यो वाणिज्य बैंकले अरुलाई नेतृत्व गर्न सक्नेछन् । राम्रा बैंकहरु सस्तो मूल्यमा पनि पाइएको छ । दुई सयमा वाणिज्य बैंक पाउनु भनेको धेरै सस्तो मूल्य हो । बैंकको अवस्था सधै विग्रदैन । अब अवस्था सुधार हुँदै जादा बजारमा मूल्य पनि पाउने छन ।

बैंकमा सप्लाई धेरै छ । बजारमा दवाव पुर्याउछ भन्ने कुरा लगानीकर्ताको मनोविज्ञान मात्रै हो । लगानीकर्ताले कम्पनीको चुक्ता पुँजीको आधारमा मात्रै कम्पनीको मूल्यांकन गर्दा थोरै हो । बजार पूँजीकरणमा वाणिज्य बैंक भन्दा धेरै भएका अन्य कम्पनीहरु रहेका छन् । त्यसैलाई मूल्याकन गर्ने । बजार पूँजीकरणलाई ख्याल नगर्दा यस्तो मनोभावना बनेको हो । वाणिज्य बैंकको अहिलेको मूल्यमा शेयरको आधारमा बढी होइन । पूँजीकरण कम छ । त्यसले कुनै असर गर्दैन ।

बाँकी भिडियोः




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।