विद्युत् उत्पादनमा सरकारको लक्ष्य एकातिर, मौद्रिक नीति अर्कैतिर

Jul 12, 2025 10:55 AM merolagani



हरिप्रसाद शर्मा
सरकारले ऊर्जा विकास मार्गचित्र २०८१ कार्यान्वयमा लैजाने तयारी गर्दैछ । जसमा आगामी सन् २०३५ भित्र सरकारले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ ।

मार्गचित्रअनुसार, आगामी पाँच वर्ष अर्थात सन् २०३० भित्र १४ हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्ने लक्ष्य छ । तर, उक्त लक्ष्य सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिसँग मेल खाँदैन् ।

सरकारको लक्ष्य र मौद्रिक नीतिमा ल्याइएको विद्युत् उत्पादन लक्ष्य आकाश पातालको फरक छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गर्भनर विश्व पौडेलले प्रस्तुत गरेको मौद्रिक नीतिमा हरेक वर्ष १ हजार मेगावाट मात्र विद्युत् उत्पादन थप हुने भनिएको छ । ‘आगामी पाँच ववर्षसम्म जडित जलविद्युत क्षमता प्रत्येक वर्ष कम्तीमा एक हजार मेगावाटका दरले थपिने गरी निर्माण कार्य अघि बढेको छ,’ मौद्रिक नीतिमा भनिएको छ ।

मौद्रिक नीतिमा बंगलादेशसँग विद्युत खरिद सम्झौता भई २०८२ असार १ गतेबाट विद्युत निर्यात हुन थालेको समेत जनाएको छ ।

मौद्रिक नीतिमा आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न भइ विद्युत् उत्पादन हुने लक्ष्य पूरा हुने अवस्था देखिन्छ । किनकी, अहिले नै ४ सय मेगावाटका आयोजनाहरु निर्माणको चरणमा छन् । ३ हजार मेगावाटका आयोजनाहरु पीपीएको चरणमा छन् ।

निर्माण भइरहेको जलविद्युत् आयोजनाका हिसावले हरेक वर्ष एक हजार मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने लक्ष्य स्वभाविक रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले बताए ।

ऊर्जा विकास मार्गचित्रको लक्ष्य र मौद्रिक नीति मेल नखाएको उनी बताउँछन् । ‘मौद्रिक नीतिले भनेको कुरा ठिकै हो, अहिले ४ हजार मेगावाटका आयोजना निर्माणको चरणमा छन् । त्यस हिसावले हरेक वर्ष १ हजार मेगावाटका दरले विद्युत् थपिने देखिन्छ, उनले भने, ‘तर, सरकारले लिएको २८ हजार ५०० मेगावाटको लक्ष्यसँग भने मेल खाँदैन् ।’




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।