माैद्रिक नीतिबाट अटो मोबाइल क्षेत्र खुसी हुने ठाउँ छैनः नाडा

Jul 11, 2025 05:21 PM merolagani



नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका लागि उत्साहित हुने ठाउँ नरहेको बताएका छन् ।

मौद्रिक नीति सार्वजनिक भएसँगै मेरो लगानीसँग प्रतिक्रिया दिँदै उनले समग्र अटो क्षेत्र व्यवसायका लागि मौद्रिक नीतिले खुसी हुने ठाउँ नदिएको बताए ।

‘मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका लागि खुसी हुने ठाउँ कहिँ पनि छैन् । केही नयाँ र विद्युत्तीय सवारी प्रवर्द्धन गर्ने विषय पनि ओझेलमा परेको देखिन्छ,’ उनले बताए ।

उनले हायर पर्चेच सम्वन्धी नयाँ व्यवस्था गर्न लागेकोमा केही सकारात्मक देखिए पनि त्यसको कार्यान्वयनबाट हुने प्रभाव मुल्यांकन गर्नुपर्ने बताए ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।