यसमा सबैभन्दा ठूलो समस्या भनेको सवारी साधनमा खिया लाग्नु हो। यसलाई ध्यानमा राख्दै, हामी यहाँ तपाईंलाई केही महत्त्वपूर्ण सुझावहरू बताउँदैछौं, जसलाई अपनाएर तपाईं आफ्नो सवारी साधनलाई खिया लाग्नबाट बचाउन सक्नुहुन्छ।
१) सवारी साधनलाई कभरले छोप्नुहोस्
वर्षाको समयमा आफ्नो कार वा बाइकलाई सधैं कभरले छोप्नुहोस्। राम्रो गुणस्तरको वाटरप्रुफ कभर किन्नुहोस्। यसले तपाईंको सवारी साधनलाई वर्षा र धुलोबाट मात्र बचाउने मात्र होइन सूर्यको यूभी किरणबाट पनि सुरक्षा प्रदान गर्नेछ।
२) भिजेको सवारी साधन पखालेर मात्र सुकाउनुहोस्
पानी परिरहेको बेला बाहिरबाट आएपछि, आफ्नो सवारी साधन एक पटक पखाल्नुहोस्। यसो गर्नाले यसमा भएको हिलो, धुलो र फोहोर सफा हुनेछ। यस्तो फोहोरहरु गाडीबाट सफा गरिँदा खिया लाग्ने जोखिम पनि कम हुन्छ। वास्तवमा, ओसिलोपन र फोहोर लामो समयसम्म सम्पर्कमा रहँदा, धातुका भागहरूमा खिया लाग्न थाल्छ। त्यसैले, सवारी साधनलाई खियाबाट जोगाउन, यसलाई राम्ररी पखाल्नुहोस्, सुकाउनुहोस् र कभरले छोप्नुहोस्।
३) एन्टी–रस्ट कोटिंग लगाउनुहोस्
एन्टी–रस्ट कोटिंगले सवारी साधनको लागि सुरक्षात्मक ढालको रूपमा काम गर्छ। तपाईंले यसलाई विशेष गरी साधनको तल्लो भाग र ती धातुका भागहरूमा लगाउनु पर्छ जुन प्रायः ओसिलोपनको सम्पर्कमा हुन्छन्। यसले ती ठाउँहरूमा ओसिलोपन रहनबाट रोक्छ र सवारी साधन खियाबाट पूर्ण रूपमा सुरक्षित रहन्छ। यो तपाईंको सवारी साधनलाई खियाबाट जोगाउने प्रभावकारी तरिका हो।
४) सवारी साधन खुला पार्किङ नगर्नुहोस्
तपाईंले आफ्नो सवारी साधन कहाँ पार्क गर्नुहुन्छ भन्ने कुराले धेरै अर्थ राख्छ। यदि तपाईंले आफ्नो सवारी साधन पानी जम्मा हुने ठाउँमा पार्क गर्नुभएको छ वा परेको पानी सिधै त्यसमा पर्छ भने, यसको टायरदेखि साइलेन्सरसम्म सबै कुरा बिग्रन सक्छ। आफ्नो सवारी साधनलाई सधैं छायाँ, शेड, ग्यारेज वा कम्तीमा त्यस्तो ठाउँमा पार्क गर्नुहोस् जहाँ पानी जम्मा हुँदैन र परेको पानी सिधै तपाईंको साधनमा पर्दैन।
५) यी कुराहरू पनि ध्यान दिनुहोस्
वर्षाको समयमा ब्रेक, साइलेन्सर, नट र बोल्ट जस्ता ठाउँमा खिया लाग्ने जोखिम बढी हुन्छ। यी साना तर महत्त्वपूर्ण कुराहरूको ख्याल राख्नुहोस्। नियमित रूपमा तेल, ग्रीस वा लुब्रिकेशन स्प्रे प्रयोग गर्नुहोस्। यसो गर्नाले यी भागहरू लामो समयसम्म र राम्रोसँग काम गर्छन्। यसका साथै खिया लाग्ने जोखिम पनि कम हुन्छ।
(अनुवादित)