त्रिशुली र रसुवागढीबाहेक बाढीले क्षति गरेका अरु जलविद्यूत आयोजना सञ्चालनमा आए

Jul 22, 2025 01:36 PM merolagani



नेपाल विद्युत् प्राधिकरणले त्रिशुली ३ ए, त्रिशुली जलविद्युत् केन्द्र र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाहके अन्य क्षतिग्रस्त आयोजनाहरु पुनर्निमाण भइ सञ्चालनमा आएका छन् ।

प्राधिकरणका अनुसार, ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए, २१ मेगावाटको त्रिशुली जलविद्युत् केन्द्र र १११ मेवागाटको रसुवागढी जलविद्यु्त् आयोजनामात्र हालसम्म पुनः सञ्चालनमा आउन सकेका छैन् ।प्राधिकरणका प्रवक्ता राजन ढकाल भन्छन्, ‘त्रिशुली ३ ए र रसुवागढीबाहेक अन्य आयोजना सञ्चालनमा आइसकेका छन् ।’

उनका अनुसार, अघिल्लो महिनाको रसुवा बाढीले २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना, १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र, १४.३ मेगावाटको क्षमताको अपर मैलुङ जलविद्युत् आयोजना, ११ मेगावाटको सुर्यकुण्ड जलविद्युत आयोजना र ५ मेगावाटको बुद्धभूमि जलविद्युत् आयोजनामा क्षति पुगेको थियो ।

ती आयोजनामा बाढीले क्षति पुर्याउँदा ठूलो क्षति भएको थियो । प्राधिकरणका अनुसार, हालसम्म अरु जलविद्युत् आयोजनाहरु पुननिर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।