बजार सूचक बढेर २९२२ वरपरको विन्दुमा पुगेको बजारमा अन्तिममा आएको सप्लाई कै कारण सो विन्दुमा टिक्न नसकेको हो । यसदिन नेप्से परिसूचक सामान्य अंक अर्थात ०.३२ अंक बढेर २८७०.९५ विन्दुमा पुगेको छ । आजको बजारमा कारोबार रकम भने उच्च बढेको छ । यसदिन २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
शेयर बजारमा उतारचढाव हुनु स्वभाविक हो । आज उत्साहाजनक रुपमा बढेको बजारमा नाफा सुरक्षित गर्नेहरु हाबी हुँदा बजारमा अन्तिममा सप्लाइ आएको लगानीकर्ताहरुको बुझाई छ । लगानीकर्ताहरु एउटामा भएको नाफा सुरक्षि गरी अन्य क्षेत्रमा लगानी रणनीति अपनाउदा बजारमा दवाव परेको हो । सोही कारण राम्रो अंकले बढेको बजार झिनोमा खुम्चिनु परेको हाे ।
नीतिगत सहजता सुरु भएको छ । मौद्रिक नीतिले लिएको लचकता प्रति लगानीकर्ताहरु उत्साहित छन् । अर्को तर्फ ब्रोकरले लिमिट खुकुलो गर्न सुरु भएका छन् । असार मसान्तको व्यवस्थापनमा लगाएका संस्थागत लगानीकर्ताहरु थप रणनीति बनाएर बजारमा पुनः प्रवेश गर्ने रणनीतिमा रहेकाले बजारको अब दिशा सकारात्मक रहेको जानकारहरुको भनाइ छ ।