मंगलबारको बजार ३०.७६ अंकले बढेर ३००२.०७ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन १८ अर्ब ५२ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । बजारको माहोल सकारात्मक बनेको छ । गत वर्षको यसै अवधिमा दुई हजारको आसपासबाट बढ्न सुरु भएको बजार तीन हजारको अवरोधमा पुगेर करेक्सन भएको थियो । करेक्सन र साईडवयजको लागि झण्डै एक वर्ष खर्चेको बजारले आज वर्षौ पछिको नयाँ उचाई बनाउन सफल भएको छ ।
बजारको निरन्तर वृद्धिले लगानीकर्ता उत्साहित भएका छन । बजारले अब नयाँ उचाइ छिट्टै बनाउनेमा पनि आशावादी भएको पाइन्छ । सोही अनुसार लगानीकर्ताहरु कम्पनी छनोटमा सुझबुझता अपनाउन थालेको देखिएको हो । लगानीकर्ताहरुले आधारभूत रुपमा बलिया र प्रतिफल वितरण गर्न सक्ने क्षमता भएका कम्पनीको छनोट गर्न थालेका छन्। अझै बजारमा बुल सुरु भइ नसकेको पूर्व उपसचिव तथा हाल बजारमा पूर्णकालिन लगानीकर्ता प्रकाश राज पन्तले बताए । बजारमा नयाँ बुल सुरु हुनको लागि पुरानो ३२ सयको उचाई पार गर्नु पर्ने उनको धारणा छ । बजार बढ्ने धेरै आधारहरु बनेका छन् । बजारमा पैसा आउने वातावरण निर्माण भएकाे छ । त्यसैले बजारको उचाई धेरै माथि रहेको पन्तको भनाई छ ।