खर्च बढेपछि नेपाल माइक्रो इन्स्योरेन्सको नाफा घट्यो

Aug 14, 2025 05:01 AM Merolagani



नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (NMIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.९१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले २९ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ३१०.३६ प्रतिशत र कुल आम्दानी १०३.१३ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल दाबी ३७७.०१ प्रतिशत र कुल खर्च ११०.२५ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३४ पैसा घटेर २२ पैसामा सीमित भएको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ८६ पैसा रहेको छ।

७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा ४३ लाख १८ हजार रुपैयाँ, महाविपत्ती कोषमा ४ लाख ३१ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग ५७ लाख रुपैयाँ र अन्य इक्विटी ९३ हजार रुपैयाँ ऋणात्मक रहेको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।