महानगरपालिकाले त्यहाँ निर्माण गरिएको नयाँ भौतिक संरचना हटाएको छ ।
मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाउँदा तनाव सिर्जना भएकाे छ । ३ नगर प्रहरी घाइते भएका छन् ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा बस्तीका बासिन्दाले ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएका छन् । डोजर प्रयोग गरेर महानगरले करिब २० देखि २५ वटा घर, टहरामा डोजर चलाइसकेको छ । अहिले पनि सो क्षेत्रमा अवस्था तनावग्रस्त रहेको र स्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको स्रोतले जनाएको छ । #C5#