पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

Aug 15, 2025 09:23 PM merolagani



नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाइएको हो । डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ ।

 

निगमका अनुसार, पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको छ ।




वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।