नेप्से फराकिलो अंकको गिरावट, कारोबार रकममा बृद्धि

Aug 17, 2025 03:40 PM Merolagani



साताको पहिलो कारोबार दिन अथार्त आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । पछिल्ला कारोबार दिनहरुमा नेप्से परिसूचक बढ्ने भन्दा घट्ने धेरै भएको हो ।

गत विहीबारको बजार सामान्य अंकको सुधार भएपनि आजको बजारमा फराकिलो अंकको गिरावट भएको छ । यस दिन नेप्से परिसूचक २७.१४ अंक घटेर २७६१.२२ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५५ अंक घटेको छ ।

नेप्से घटेपनि यसदिन कारोबार रकम बढेको छ । यसदिन कारोबारमा आएका २४९ कम्पनीको दुई करोड ५ लाख १३ हजार ६२५ कित्ता शेयर ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबारको बजारमा ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

यस दिन सर्वाधिक मूल्यम बढ्नेमा आरबीबी म्युचुअल फण्ड १ को इकाई मूल्य ७.९३ प्रतिशतले बढेको छ । त्यसैगरी, अपर स्याङ्गी हाइड्रोपावर कम्पनीको मूल्य ६.२९ प्रतिशतले बढेको छ भने कालिका पावर र अपर हेवा खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ प्रतिशत भन्दा बढी बढेको छ । त्यसैगरी, आजको बजारमा सम्पदा लघुवित्तको शेयर मूल्य सर्वाधिक घटेको छ । यस कम्पनीको शेयर मूल्य ७.०६ प्रतिशतले घटेको छ भने ट्रेड टावर कम्पनीको शेयर मूल्य ५.८८ प्रतिशतले घटेर कारोबार भएको हो ।

कारोबार रकमका आधारमा यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५१ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रिइन्स्योरेन्स कम्पनीको ३५ करोड ४५ लाख रुपैयाँ र नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार, अन्य, लघुवित्त, उत्पादन तथा प्रशोधन र बैंकिङको उपसमूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले घटेको छ । आईतबार कारोबार भएको आधारमा ४६ खर्ब १० अर्ब ९४ करोड रुपैयाँ बजार पूँजीकरण कायम भएको छ ।




वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।