आँखा चिम्लेर शेयर किन्ने बेला हो !

Aug 17, 2025 06:03 PM Merolagani



पछिल्ला कारोबार दिनमा शेयर बजार निरन्तर रुपमा घटेको छ । एक चरणको उचाइ लिएपछि बजार निरन्तर एकोहोरो गतिमा घट्न थालेको हो ।

आइतबारको बजार २७.१४ अंकले घटेर २७६१.२२ को विन्दुमा झरेको छ भने ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

अहिले शेयर बजार किन घट्यो भन्ने लगानीकर्ताको चासो बनेको छ । शेयर बजार बढ्ने भन्दा घट्ने क्रम धेरै भएपछि आ-आफ्नै अडकलबाजी लगाउन थालेका छन् ।

कोही बजारमा पैसा नभएको तर्क गरेका छन् भने कोही ब्रोकर कम्पनीले लिमिटमा कडाई गर्न थाले पछि कारोबारमा दबाब पर्न थालेको आंकलन गर्न थालेका छन् । त्यसैगरी, मौद्रिक नीतिले लघुवित्तको प्रतिफल वितरणको सीमामा पुनरावलाेकनको विषय उठेकाे छ भने अर्कोतर्फ आईजीन नम्बर र बाफियाकै कारण पनि बजार प्रभावित भएको हुन सक्ने आंकलन गरिएको हो । बजारमा व्यक्ति अनुसारको अनुमान गरिएको छ ।

यद्यपि यावत कुराहरुले बजारलाई असर पार्दैन । बजार घट्ने भन्दा बढ्ने आधारहरु बलिया छन् । नीतिगत सहजता भएको छ । कम्पनीको वित्तीय अवस्था सुधारात्मक छ । बैंकको ब्याजदर घटेको छ । एउटा उचाइ पुगेर बजार डिमाण्ड जोनमा छ । यो अवस्थामा आँखा चिम्लेर शेयर खरिद गर्ने बेला भएको जानकारहरुको बुझाई छ ।

 




वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।