कलश स्टक मार्केट (ब्रोकर नं ७४) को पहिलो शाखा बुटवलमा

Aug 17, 2025 05:20 PM merolagani



काठमाडौँ महानगरपालिका वडा नम्बर १० बुद्ध नगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट (ब्रोकर नं ७४)ले पहिलो शाखा बिस्तार गरेको छ। कम्पनीले रुपन्देही जिल्लाको बुटवलको मिलन चोकमा पहिलो शाखा बिस्तार गरेको हो।

श्रावण अन्तिम साताबाट नयाँ शाखा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।उक्त शाखा मार्फत बुटवल तथा छिमेकमा रहेका जिल्लाहरू पाल्पा, गुल्मी, कपिलवस्तु,अर्घाखाँची, दाङ प्युठान,  नवलपरासी लगायतका सर्वसाधारणलाई दोस्रो बजारमा नवीनतम प्रविधि सहित शेयर कारोबार गर्न अझै सहज हुने शाखा प्रमुख भानुभक्त पौडेल “कमल” ले बताए।

यस कम्पनीले निकट भविष्यमा देशका अन्य स्थानहरूमा पनि शाखा विस्तार गरी आम सर्वसाधारण समक्ष सहज रुपमा शेयर कारोबार गर्न सकिने सुविधा प्रदान गर्ने लक्ष्य लिएको प्रबन्ध सञ्चालक सालिकराम अधिकारीले जानकारी दिए।

नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले मिति २०८० भाद्र १० देखि औपचारिक कारोबार शुभारम्भ गरेको हो। कम्पनीले आफ्ना ग्राहकहरूलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी)  सेवा प्रदान गरिरहेको अध्यक्ष प्रदीप के.सी.ले जानकारी दिए।

 




वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।