इन्धनको मूल्य अनुसार भाडा घटबढ गर्ने प्रावधान भएपनि चाडपर्वका बेला यात्रु थप मारमा नपरुन् भन्ने उद्देश्यले यस वर्ष भाडा नबढाउने योजना रहेको उनको भनाइ छ । उनले यात्रुको भीडभाड चाँडबाँडको बेलामा भाडा नबढाउन यातायात व्यवसायीहरुलाई आग्रह गरेको पनि बताए । उनले यातायात व्यवसायीहरुसँग छलफलमार्फत सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको पनि बताए । उनले प्रदेशस्तरमा रहेका सडक आयोजनाहरु प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने उद्देश्य रहेको बताए ।
उनले भने, ‘यो वर्ष अहिलेसम्म हामीले एकपटक भाडा वृद्धि गर्यौं । यसको पनि एउटा नम्स छ । त्यसको आधारमा इन्धनको मूल्य घट्यो भने घटाउने र इन्धनको मूल्य बढ्यो भने बढाउने त्यस कालको प्रणाली हामीसँग छ । तर म तपाईहरुलाई के विश्वास दिलाउन चाहान्छु भने यो वर्षको दशैं र तिहारमा हाम्रो भाडा बढाउने योजना रहेको छैन । हामीले यातायात व्यवसायीहरुसँग पनि भनेका छौं । मान्छेको भिडभाड हुने बेलामा भाडा बढाउने काम नगरौं । बरु यातायात व्यवसायीहरुलाई केही पीर मर्का परेको छ भने यातायात व्यवसायीहरुसँग बसेर छलफल गर्ने भनेका छौं । नेपालमा सडकहरु धेरै छन् अहिले । यो सडक लगभग १०० किलोमिटर रहेको छ । संघीय मन्त्रालय अन्तर्गत ३२ हजार किलोमिटर रहेको छ । अन्य सडकहरु प्रदेश सरकारले प्रदेश राजमार्ग भनेर राजपत्रमा निकालिसकेको अवस्था छ । ति सडकहरु हाम्रो मातहतमा समेत रहेकोमा ती सडकहरु अब एउटा बैठक बसेर प्रदेश सरकारहरुलाई हस्तान्तरण गर्छौं ।’
निर्माणाधिन सडकका सम्बन्धमा ज्यालादारी कामदारसहित प्रदेश सरकारलाई सडक आयोजनाको जिम्मा दिने तयारी भइरहेको मन्त्री दाहालको भनाइ छ ।