स्पेशल प्रि ओपन सेसनमा हुन सकेन हिमस्टार उर्जाको पहिलो कारोबार?

Aug 31, 2025 10:50 AM Merolagani



भदौ १५ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबार हुन सकेन।

कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३० हजार कित्ता गत भदौ १२ गते, बिहीबार, नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार आजको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनुपर्ने थियो। तर, म्याचिङ्ग नभएका कारण कम्पनीको कारोबार हुन सकेन।

अब कम्पनीको शेयर भोली अर्थात सोमबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको स्टक टिकर एचआईएमएसटीएआर रहेको छ।




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।