एशियन थाई फुड्सले “Devil’s Hot Chicken Noodles” सार्वजनिक गर्यो-नेपालका सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स

Sep 01, 2025 10:58 AM Merolagani



पाँच वर्षदेखिको लगातार सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता एशियन थाई फुड्स, जसले ३० भन्दा बढी देशहरूमा निर्यात गर्छ र २५ वर्षको समृद्ध इतिहास बोकेको कम्पनी हो, नेपालका सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स “Devil’s Hot Chicken Noodles” को शुभारम्भ गर्ने उत्साह व्यक्त गरेको छ । मसालाको राम्रो सन्तुलनर स्वाद खोज्ने जो कोहीलाई लक्षित गरी तयार गरिएको यो नुडल्स सोमबार देखि देशैभर उपलब्ध गराएको छ ।

“नेपालकै सबै भन्दा मिठो स्वाद । यो डेभिलीसिअस छ ।” भन्ने समृद्ध ट्यागलाइन सहित, “Devil’s Hot Chicken Noodles”मा सन्तुलित मसालेदार स्वादर स्वादिलो मिश्रण रहेको छ । उच्च गुणस्तरको नुडल्सले तीव्र र बलियो स्वादसँग राम्रोसँग मेल खान्छ र एक अविस्मरणीय डेभिलीसिअस स्वादको अनुभव दिन्छ ।

एशियन थाई फुड्सका निर्देशक आशिष जाजुले भने, “यो साधारण तत्कालीन नुडल्स मात्र होइन; यो साहसिकहरूका लागि स्वादयुक्त चुनौती पनि हो ।” व्यवस्थापकीय निर्देशक महेश जाजुले थपे, “निजी लिमिटेड कम्पनीबाट लि. कम्पनीमा हालै संक्रमण गरी हाम्रो आईपीओ तयारीको एक भाग रुपमा, हामी नवप्रवर्तन र नेपाली रुचि अनुसारको स्वाद अनुसारको प्रतिबद्धताको उच्च स्तर कायम राख्छौं । “Devil’s Hot Chicken Noodles”मा हाम्रो बोल्ड, सन्तुलित मसाला र डेभिलीसिअस स्वादको लगाव झल्किन्छ जुन नेपाल र विदेश दुबैको ग्राहकहरूलाई मन पर्न सक्छ।”

प्रति प्याकेट रु ५० माउपलब्ध “Devil’s Hot Chicken Noodles” को ५ प्याकेटको फ्यामिली प्याक रु २५० मापाइनेछ । यसले प्रयोगकर्तालाई थप खुशी दिने उद्देश्यले प्रत्येक प्याकमा चकलेट वेफर पनि रहेको छ, जसले तातो खानापछि मिठासको स्वाद थप गर्दछ।

यो भाटभटेनी लगायत ठूला खुद्रा पसलहरूमा र दराज जस्ता लोकप्रिय अनलाइन प्लेटफर्महरू मार्फत नेपालका सबै ठूलो सहरहरूमा सजिलै उपलब्ध हुनेछ।

एशियन थाई फुड्सले उच्च गुणस्तर र वास्तविक एशियाली खानाका उत्पादनहरू उपलब्ध गराउने नेतृत्व जारी राखेको छ । दशकौंको अनुभव र बलियो निर्यात आधारसँग, कम्पनीले प्रत्येक उत्पादनमा उच्चतम गुणस्तर, प्रामाणिकता, र नवप्रवर्तन कायम राख्न प्रतिवद्धता जनाएको छ।




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।