बैंकमा लगानीकर्ताको आकर्षण, लाभांश सिजनको सुरुवात !

Sep 01, 2025 06:12 PM Merolagani



पछिल्ला दुई कारोबार दिन घटेको बजार आज सकारात्मक भएको छ । आजको बजारले अब बढ्ने छ भन्ने लगानीकर्तामा लाग्न थालेको हो ।

सोमवारको बजार १२.०३ अंकले बढेर २७६१.८६ विन्दुमा पुगेको छ । यस दिन ५ अर्ब १० करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । सूचक सकारात्मक भएपनि अघिल्लाे दिनकाे तुलनामा कारोबार रकम घटेको हो । बजारमा बढ्ने अपेक्षामा रहेकाहरु झन घट्न थालेपनि झनै पर्ख र हेरको अवस्थामा रहेका हुन् । बजारमा लगानीकर्ताहरु सकृय रुपमा कारोबार नगर्दा कारोबार रकम घटेको अनुमान गरिएको छ ।

समग्रमा बजार सकारात्मक छ । बजारमा फण्डामेन्टल कम्पनीहरु तर्फ लगानीकर्ताको आकर्षण बढेकाे देखिन्छ । सोमवारको बजारमा कारोबारमा आएका १३ वटा उप समूह मध्येमा बैंक समूह लगानीकर्ताको रोजाईमा परेको छ । जसले सूचकलाई सकारात्मक बनाउनको लागि राम्रो योगदान पुर्याएको छ । अर्कोतर्फ लगानीकर्ताहरु प्रतिफल वितरण गर्न सक्ने कम्पनीको छनोट गरी लगानीको रणनीति बनाएको बुझाई छ ।

अंधिकाश म्युचुअल फण्डहरुले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल वितरणको घोषणा गरिसकेका छन् । त्यसैगरी बैंकले पनि लाभांश वितरणको सुरुवात गरिसकेका छन् । त्यसैले बजार आक्रमक रुपमा नबढेको अवस्थामा प्रतिफलमा आधारित लगानी गर्न रुचाएको लगानीकर्ताको भनाइ छ ।




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।