त्यहीकारण अहिले विश्वका लगभग हरेक देशमा यो पुस्ताका धेरै युवाहरु पूँजी बजारको बारेमा चासो राख्छन्, सोधखोज गर्छन् र लगानी गर्छन् ।

विश्लेषकहरुकाअनुसार यो पुस्ताका युवाहरु स्टक बजारमा लगानी गर्नु अगाडि मुख्य चार वटा प्रश्नको जवाफ खोजिरहेका हुन्छन् । ती प्रश्नहरु हुन्ः
१. के स्टक बजार मेरो लागि उपयुक्त क्षेत्र हो ?
पूँजी बजार ‘अस्थिरताको क्षेत्र’ हो भन्ने विश्वव्यापी मान्यता छ । त्यसको अर्थ पूँजी बजार लगानीको लागि उपयुक्त क्षेत्र त हो, तर यस्मा कतिबेला के हुन्छ भन्ने अनुमान गर्नु कठिन र चुनौतिपूर्ण हुन्छ । त्यसैले जेनजी पुस्ताका युवाहरु आफ्नो व्यक्तिगत स्वभावको विश्लेषण गर्दै त्यो अनुसार स्टक बजार उपयुक्त क्षेत्र हो कि होइन भनेर खोजी गर्छन् ।
२. के स्टक बजार मेरो लागि धेरै जोखिमपूर्ण छ ?
जेन जी पुस्ताको मुख्य विशेषता के हो भने उनीहरु छिटो पैसा कमाउन चाहान्छन्, लगानी गर्न चाहान्छन् । पुराना पुस्ता जस्तो ‘दीर्घकालीन लगानी’मा उनीहरु विश्वांस गर्दैनन् । उनीहरुको लागि तत्काल नाफा चाहिन्छ, प्रतिफल चाहिन्छ ।
त्यसकै लागि उनीहरु स्टक बजारमा प्रवेश गर्नु अगाडि यो कत्तिको जोखिमपूर्ण छ भनेर प्रश्न गर्दै जवाफको खोजी गर्छन् । लगानी गरेपछि जोखिममा पर्नु हुँदैन भन्ने मानसिकताका साथ शुरुमै जोखिमको बारेमा खोजबिन गर्छन् ।
३. मलाई लगानी सुरु गर्न कति पैसा चाहिन्छ ?
जेन जीले अर्काे गर्ने प्रश्न लगानी शुरु गर्न कति पैसा चाहिन्छ भन्ने हो । थोरै पैसा लगानी गर्दा छिटो धनी हुन सकिदैन भन्ने सोंच राख्ने उनीहरु कति लगानी कसरी गर्दा छिटो धनी हुन सकिन्छ भन्ने मानसिकताका साथ यो प्रश्नको जवाफ खोज्ने गर्छन् ।
४. मैले कहिले लगानी सुरु गर्नुपर्छ ?
जेन जी पुस्ताले सबैभन्दा धेरै जवाफ खोज्ने प्रश्नमध्ये एक हो । त्यसक्रममा उनीहरुले स्टक बजारका आधारभूत कुराहरुको जानकारी लिंदै उपयुक्त मौकाको खोजी गर्छन् । जब उपयुक्त मौका आयो भन्ने लाग्छ, तब उनीहरु लगानी गर्छन् । तर, कतिपय युवाहरु भने उपयुक्त मौका र समयको खोजी गर्दा गर्दै निकै लामो समय अन्योलमै पर्छन् ।