काठमाडौंमा निषेधाज्ञा र कर्फ्यु हट्यो, जनजीवन सामान्य बन्दै

Sep 13, 2025 11:14 AM merolagani



जिल्ला सुरक्षा समितिले काठमाडौंमा जारी निषेधाज्ञा र कर्फ्यु हटाएको छ । अन्तरिम सरकार गठनसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएकाे छ । 

 

काठमाडौंका विगतदेखि केही ठाउँ विशेषमा प्रदर्शन र आन्दोलन रोक्न लगाइएको निषेधित क्षेत्र भने कायम रहेको छ । 

काठमाडौंकाे शनिबार बिहान जिल्ला सुरक्षा समिति बैठकले सुरक्षा अवस्था समीक्षा गरेर यो निर्णय लिएको हाे ।