भदौ २३ गतेदेखि जेनजी प्रर्दशनका कारण चल्न नसकेको सार्वजनिक यातायातका साधनहरु समेत शनिबारबाट सुचारु हुन थालेका छन् ।
केही लामो दुरीका गाडीहरु पोखरा, चितवनलगायतका अन्य ठाउँहरुका लागि छुटेको यातायात व्यवसायीले बताएका छन् । शनिबारदेखि नेपाली सेनाले लगाएको कर्फ्यू हटेसँगै काठमाडौं उपत्यकाभित्र चल्ने लामो तथा छोटो दूरीका सार्वजनिक यातायात समेत सञ्चालनमा आएका छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री शुशिला कार्की नियुक्त भएसँगै बजारमा चहलपहल समेत बढेको हो ।
प्रदर्शनका क्रममा आगजनी, तोडफोड भएका ठाउँमा युवावर्ग तथा अभियान्ताहरुले सरसफाइको काम समेत अघि बढाइरहेका छन्