लगानीकर्ताको माग र आग्रहले नै शेयर कारोबार बन्द गरिएको होः छोटेलाल रौनियारसँगकाे अन्तर्वार्ता

Sep 14, 2025 12:27 PM Merolagani



नेपालको युवा पुस्ता अर्थात जेनजीको दुई दिनको आन्दोलन पछिको घट्ना क्रमबाट उत्पन्न परिस्थितीले विस्तारै निकास पाउन सुरु गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि मुलुक विस्तारै लयमा फर्कन सुरु गरेको हो ।

यो आन्दोलनको क्रममा सबै क्षेत्र ठप्प जस्तै भयो । युवा पुस्ताको आन्दोलबाट उत्पन्न परिस्थितीलाई मध्यनजर गरेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पनि केहि दिनको लागि शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । यसले बजारमा हुन सक्ने अनपेक्षित जोखिम हट्ने र आन्दाेलनबाट सिर्जित घट्ना क्रमबाट बिक्षप्त लगानीकर्ताको मनोभावना लगानी मैत्री बन्ने सबै पक्षको राय रहेको छ । समय समयमा हुने गरेको यस्ता परिस्थितीका कारण विगतमा भुकम्प र कोभिडको समयमा पनि नेप्से बन्द हुने गरेको थियो । त्यसपछि खुलेको बजारले राम्रो लय समाउने गरेको पाइन्छ । यस पटक पनि मुलुकको परिस्थिती बदलिएको छ । मुलुकका तमाम नकारात्मताबाट विस्तारै नयाँ सुरुवात भएको छ । अब खुल्ने बजारमा लगानीकर्ता धैर्य भएर लगानी गर्न सके शेयर बजारको भविष्य उज्जल रहेको ठूला लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । लगानीकर्ता रौनियारसँग सुधा देवकोटाले गरेको अन्तर्वार्ताः

देशको बदलिदो परिस्थितीलाई हेरेर नेप्सेले कारोबार बन्द गर्ने निर्णय गरेको छ । के यो अहिलेको आवश्यकता हो ?

नेपालको युवा पुस्ता अर्थात जेनजीको दुई दिनको आन्दोलानपछिको घट्न क्रमबाट उत्पन्न परिस्थितीलाई मध्यनजर गरेर नेप्सेले कारोबार केहि दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । यो अहिलेको आवश्कता हो । नेप्सेले उक्त निर्णय लिदा देशको परिस्थिती अन्योलमै थियो । नेतृत्व विहिन अवस्थामा के हुन्छ कसैलाई केही थाहा थिएन । सरकार कस्तो बन्ने हो ? व्यवस्था कस्तो हुन्छ ? देशमा अझै द्धन्द बढ्ने पो हो कि ? भन्ने डर सबै पक्षमा थियो । त्यसैले नेप्सेले कारोबार बन्द गर्ने निर्णय सहि र तात्कालिन परिस्थितीको लागि आवश्यक थियो ।

अब विस्तरै मुलुकले नेतृत्व पाएको छ । निकास पाएको छ । पूर्वप्रधानन्याधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । आन्दोलनले परिणामा दिएको छ । समय विस्तारै सहज बन्दै छ ।

यो आन्दोलनको क्रममा हामी नेपालीहरु नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित भएका छाैं । हाम्रो नेपाल जलेको छ । युवाहरुले बलिदान दिएका छन् । हामी नेपालीहरु कै क्षति भएको छ । यस्तो अवस्थामा कोही कारोबार गर्ने सक्ने अवस्थामा छैनन । अहिले बजार खोल्दा बजारमा पनि थप क्षति हुने सम्भावना हुन सक्ने छ । विषम परिस्थितीमा बैंक वित्तीय संस्था पूर्ण रुपमा खुलेका छैनन । आंशिक रुपमा खोलिएका निकायबाट काम गर्न सहज छैन । शेयर कारोबार गराउने ब्रोकर र लगानीकर्ताहरुलाई कार्यलयसम्म पुग्न पनि सहज हुने परिस्थिती बनेको छैन् । सरकारी निकाय तथा निजी क्षेत्र सबै प्रभावित भएका छन् । नेप्सेले समग्र यस्तै कुरालाई मध्यनजर गरेर कारोबार बन्द गर्ने निर्णय गरेको हो । मुलुकमा यस्तो घट्ना घटेको अवस्थामा आर्थिक कारोबार गर्न सकिदैन । लगानीकर्ताको माग र आग्रहले नै शेयर कारोबार बन्द गरिएको हो ।

अर्कोतर्फ दशैं अगाडि बजार बन्द गर्दा लगानीकर्ताको सम्पत्ति बन्धक भयो भन्ने कुरा पनि आउन सक्छ । तर त्यस्तो होइन । लगानीकर्ता हतार गरेर बजार खोल्दा झनै ठूलो हानी ब्याहोर्नु पर्ने हुन सक्छ । लाखौंको सम्पत्ति भएको बजारप्रति संयमित हुनुपर्छ । अनुकुल समय पर्खेर बजारमा कारोबार खुल्ला गर्ने हो । अनि मात्रै बजारबाट राम्रो परिणाम आउन सक्ने छ ।  विगतमा भुइचालो र कोभिडको समयमा पनि यस्तै भएको थियो । अहिलेको यो घटना पनि भुइचालाे र कोभिडको भन्दा कम होइन । हिजो राति मात्रै अन्तरिम सरकार गठन भएको छ । सरकारले पूर्णता पाइसकेको छैन् । विस्तारै सकारात्मक हुन सुरु भएको छ । मुलुकमा अध्यारो पछि उज्यालो हुन सुरु भएको छ । अहिले लगानीकर्ता सबै सकारात्मक भएर धैर्य गर्न जरुरी छ ।

विगतमा पनि बजारले यस्ता विषम परिस्थिती झेल्दै आएको छ । त्यो समय कसरी सम्हालिने गरेको थियो  र अबको बजार कस्तो हुन्छ ?

हो, शेयर बजार मुलकमा हुने घटना परिघटनाबाट अछुतो हुन सकेको छैन । मुलुकमा हुने गरेका सानो तिनो हलचलले पनि बजारलाई प्रभावित गराउने गरेको छ । यो युवाहरुको आन्दोलनले पनि नेपालमा ठूलो हलचल गराएको छ ।

त्यो घटना घटुन पहिले नै बजार निरन्त घटेको थियो । बजारमा ट्रेडर हाबी भएको देख्न सकिन्छ । बजारमा सानो तिनो उतारचढाब हुँदा लगानीकर्ताले नाफा बुक गर्ने प्रवृतीमा नै कारोबार हुँदै आएको हो । पछिल्लो समय शेयर बजारमा निरन्तरको गिरावट भयो । यस्तो बेलामा सरोकारवाला नियामक निकायले समय समयमा जारी गर्ने निर्देशनले प्रभाव पर्ने गरेको देखिन्छ ।

यो पटक पनि लगानीकर्ताहरु बजारमा सकृय हुँदै गर्दा नेपाल धितोपत्र बोर्डले पूरा पैसा तिरेपछि मात्रै कारोबार गर्नुपर्ने आशय गर्यो । त्यसले बढ्दै गरेको बजारमा लगानीकर्ताको विश्वास डगमगाउन थालेको हो । त्यसको निरन्तरता पाउने क्रममा आईजीन अर्थात इन्टरनेसनल सेक्यूरिटिज आईडेन्टिफिकेसन नम्बरको विषय र शेयर कारोबारको अन्तिम १५ मिनेटको भारित औषत गणना विधिको विषयमा नकारात्मक कुराहरुले थप मारमा परेको हो । त्यसैले लगानीकर्ताहरुको आत्मविश्वास कम गराएको थियो ।

त्यसैगरी प्रि आईपीओको कारणले बजारको पैसा बाहिरिने र बजारमा पैसा नआउने भएको थियो । जसका कारण लगानीकर्ता पनि डरले नोक्सानी बुक गरेको अवस्था हो । त्यसैले पनि लगातार बजार घटेको हो । कारोबार रकम घटेर ४-५ अर्बमा खुम्चिएको थियो । त्यसैक्रममा जेनजी अर्थात युवा पुस्ताको भ्रष्टाचार बिरुद्धको आन्दोलन भयो । भदौ २३ गते सोमबार आन्दोलनकै कारण बजारमा दबाब परेको हो । बजार निरन्तर घटेर न्यून विन्दुमा छ । बजार खुलेपछि पनि लगानीकर्ताले संयमित अपनाउने हो भने ठूलो अंकको गिरावट हुँदैन । समग्र अवस्था बजार अनुकुल भएकाले बजारले सकारात्मक रुपमा गति समाउनेमा विश्वास गर्न सकिन्छ । किनभने विगतमा भएका महाविपद पछि बजारले सकारात्मक गति निर्धारित गर्ने गरेको छ ।

विगतको भुईचालो र कोभिड जस्ता महाविपद भएपछि शेयर बजार सकारात्मक भएको पाइन्छ । यसपटक कस्तो होला ?

भुईचालो र कोभिड जस्ता महाविपद भएपछि शेयर बजार सकारात्मक भएको थियो । यसपटक पनि बजार सकारात्मक हुने छ । यो घटना भयो बजार बढ्छ भन्ने भन्दा पनि सबै कुराहरु अनुकुल र सुधार हुँदै थियो । त्यसै बीचमा यो घटना घटेको हो । यसको पनि परिणाम राम्रो हुनेछ ।

यो नेपालमा बुल आउनु पहिले विनासकारी घटनाहरु घटेका छन । उदाहरणको लागि भुईचालाे पछिको बुल र कोभिड अवधिमा भएको बुललाई लिन सकिन्छ । यस्तो हुनुमा बैंकको ब्याजदरले ठूलो भुमिका निर्वाह गरेको पाइन्छ । अन्य क्षेत्रबाट कर्जाको माग नहुनु, ब्याजदर घट्दै गर्नु र त्यसले शेयर बजारमा माग बढाउने गरेको छ । कोभिडको समयमा पनि बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून विन्दुमा झरेको थियो । बैंकको ब्याजदर घट्ने बजारमा शेयरको माग बढ्ने गरेको थियो ।

 

अहिलेको परिस्थिती विगतको भन्दा अझै सहज छ । शेयर बजारले प्रमुख हेर्ने भनेको तरलता र ब्याजदर नै हो । कोभिड र भुईचालोको समयमा भन्दा सक्तो ब्याजदर छ । प्रणालीमा प्रशस्तै पैसा छ । सरकारका साथै सरोकारवाला निकाय सबै सकारात्मक छन् । नीतिगत सुधार भएका छन् । मौद्रिक नीतिले गर्न सक्ने गरेको छ । बैंकलाई बजारमा कारोबार गर्न सहज बनाउने भन्ने विषयमा पनि बहस भएको छ । त्यसमा सरोकारवालाहरु सकारात्मक भएको देखिन्छ । बजारमा सुधारका कामहरु भइराखेका छन् । अहिले बनेको अन्तरिम सरकार पनि निर्वाचन गराउन कै लागि गठन भएको हो । निर्वाचनको समयमा आर्थिक गतिविधिहरु चलायमान हुन्छन् । माहोल चलायमान बन्छ । एकै पटक सबै कुरा हुँदैन । बजारको लागि राम्रो भइराखेको छ । त्यसैले अब पनि बजारको भविष्य उज्यालो छ । सकारात्मक हुन्छ भन्नेमा विश्वास गर्न सकिन्छ ।

अब खुलेको बजारमा लगानीकर्ताले कसरी कारोबार गर्दा राम्रो हुन्छ ?

मुलुकमा नयाँ सुरुवात भएको छ । नयाँ बिहानीले नयाँ सम्भावनाहरु ल्याएको हुन्छ । मुलुकले धेरै युवाहरुको वलिदान पछि नयाँ अभ्यास हुने भएको छ । यसले शेयर बजारको लागि पनि राम्रो गर्नेछ । लगानीकर्ताले आफूले गरेको लगानी प्रतिको विश्वास अटुट राख्नु पर्छ । राम्रा कम्पनीमा लगानी गर्नेहरु डराउनु पर्ने छैन । बजार खुल्ना साथै शेयर बिक्री गर्न हतार गर्ने भन्दा धैर्य गर्न सक्नु पर्छ । कोभिडको समय वा भुईचालोको समयमा बजार खुल्दा घटेको बजारबाट मैले शेयर किनेको थिए । शेयर बिक्री गर्न हतार गरिन । अहिलेको बजारमा सबै कुरा अनुकुल बन्दै थिए । अझै राम्रो हुने सम्भावना बनेको हुँदा लगानीकर्तालाई नआत्तिन नमात्तिन सुझाव दिन्छु । बजारमा धैर्य गर्नेले नै कामउने हो । शेयर बिक्री गर्न नहतारिन अनुरोध गर्छु ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।