सपथ लिएको भोलिपल्टै जेनजी घाइतेहरु भेट्न अस्पताल पुगिन प्रधानमन्त्री कार्की

Sep 13, 2025 04:28 PM merolagani



प्रधानमन्त्री शुशिला कार्की जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न विभिन्न अस्पताल पुगेकी छन् ।

प्रदर्शनका क्रममा घाइते भएकाहरुको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरलगायतका अस्पतालमा पुगेकी हुन् ।

शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएको भोलिपल्ट प्रधानमन्त्री घाइेत जेनजीहरुलाई भेट्न पुगेकी हुन् ।