फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न राष्ट्रपति पौडेलेको अपिल

Sep 13, 2025 07:20 PM Merolagani



राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन्।

 

८ दलहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै सो निर्णय फिर्ता लिन माग गरिरहेको बेला राष्ट्रपति पौडेलले बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैमा सम्हाल्दै चुनाव सम्पन्न गराउन सहयोग गर्न अपिल गरेका हुन्।

‘संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ। ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्,’ विज्ञप्तिमा उल्लेख छ।