मुलुकको विषम परिस्थितीको अन्योलताका कारण असोज २ गते बिहीबारसम्म कारोबार बन्द गर्ने निणर्य गरेको थियो । नेप्सेले शेयर कारोबार गर्दा प्रत्यक्ष सहभागी हुने सिडिएसि एण्ड क्लियरिङ्ग, ब्रोकर कम्पनी र मचेन्ट बैंकर लगायतका निकायहरुसँग छलफल गरेर बजार असोज २ गते पहिले नै खुलाउने विषयमा छलफल गर्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।