सूर्यबहादुर थापाको पथमा लागेकी सुमना श्रेष्ठले लिएको राजनीतिक बाटोले जेनजीलाई गरेको ‘मार्ग दर्शन’

Sep 14, 2025 01:21 PM mero lagani



नेपाली राजनीतिका धुरन्धर पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले राजनीतिज्ञ कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा एक पटक भनेका थिए-यता प्रधानमन्त्रीको राजीनामा टाइप हुँदै गर्छ, उता प्रधानमन्त्रीले जोडदार रुपमा भाषण गर्छ, म कुनै हालतमा राजीनामा दिन्न, कसैको दबाबमा पर्ने मान्छे होइन ।

उनको भनाइको आसय राजनीतिक नेताहरुको भित्री योजना र बाहिर देखाउन गर्ने व्यवहार, बोली चाली ठीक उल्टो हुन्छ । सामान्य मान्छेले त्यसको अनुमान समेत गर्न सक्दैन ।

पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले अहिले ठवाक्कै पूर्वप्रधानमन्त्री थापाको भनाईलाई पुष्टि गरेकी छन् । अर्थात थापाको राजनीतिक ‘लाईन’ लाई समातेर आफ्ना समर्थक, सुभेच्छुक र आम नेपालीहरुलाई मज्जासँग जिल्लाइ दिएकी छन् । शनिबार कुनै हालतमा रास्वपा छोड्दिन र मन्त्री बन्दिन भनेकी उनले केही घण्टा नवित्तै रास्वपा छोडेकी छन् । यो पङित लेख्दासम्म मन्त्री परिषद् विस्तार भइ नसकेकोले उनी मन्त्री होलिन, नहोलिन यकिन छैन । तर, उनी मन्त्री बने पनि, नबने पनि उनको मनोवृत्ति कस्तो छ भन्ने स्पष्ट पारेको छ ।

शंकै छैन, सुमना श्रेष्ठ रास्वपाभित्र तुलनात्मक रुपमा अध्ययनशिल, तर्कशिल र ‘विदेशी पिआएर’ को आरोप बाहेक अरु कुनै काण्डमा नमुछिएकी राजनीतिकर्मी थिइन । खासगरि उनी सभापति रवि लामिछानेका सृंखलावद्ध सहकारी ठगी प्रकरणहरु बाहिरिदैं जेल परेपछि पार्टीमा सुधारको एजेण्डा उठाइरहेकी थिइन । त्यो सुनुवाई नभएपछि उनले सह महामन्त्री पदबाट राजीनामा दिएर केन्द्रिय सदस्य मात्र बसेकी थिइन । र, त्यही हैसियतमा पार्टीलाई बलियो बनाउन भन्दै लागेकी थिइन । साँच्चै भनेजस्तै गरि लागेकी थिइन कि थिइनन् त्यो पार्टीलाई थाहा होला, तर उनले शनिबारसम्म पनि त्यसो भन्दै आएकी थिइन ।

जेनजीको प्रदर्शनको क्रममा सडकमै पुगेको बेला पनि आफ्नो पार्टी जेनजीको आन्दोलनको समर्थनमा रहेको भन्दै पार्टीकै कुरा गरिरहेकी थिइन । शुक्रबार प्रधानमन्त्रीको मध्यरातमा भएको सपथ ग्रहणमा तत्कालिन सांसदहरुमध्ये पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र श्रेष्ठ मात्रै सहभागी भएका थिए । त्यतिबेला पनि उनले भेटघाट गर्नेहरुसँग रास्वपाको एजेण्डा यस्तो हो, है भन्दै पार्टीकै कुरा गर्ने गरेको कार्यक्रमको क्रममा सुमनासँग भेटघाट गर्नेहरु बताउँछन् ।

कुनै नेता वा सांसदले पार्टी छोड्नु, अर्काे पार्टीमा जानु वा आफै पार्टी गठन गर्नु कुनै आश्चर्यको विषय होइन । त्यस्तो प्रवृत्तिलाई लोकतन्त्रको सुन्दरता नै मानिन्छ । तर, उनले जसरी केही घण्टा अगाडिसम्म रास्वपाप्रति प्रतिवद्धता जनाउँदै कतै जाँदिन, पार्टीमै सक्रिय हुन्छु भन्दै सामाजिक संजालमा लेख्दै, बोल्दै थिइन र त्यसको केही घण्टापछि जसरी राजीनामा दिइन त्यसले ‘नेता भनेका नेतै हुन्—एउटा बोलेर अर्काे गर्छन’ भन्ने मिथकलाई नै प्रमाणित गरेको छ ।

यदि त्यस्तो हुँदैनथ्यो भने उनले शनिबार रास्वपाप्रति प्रतिवद्धता जनाउँदै पार्टीबाट असन्तुष्ट भन्ने हल्लाहरुलाई किन खण्डन गरिन् ? साँच्चै नै असन्तुष्ट भए हल्लाहरुप्रति मौन बसेर राजीनामा दिन पनि सकिन्थ्यो ।

त्यसो नगरी रास्वपाप्रतिको प्रतिवद्धता जनाउँदै समर्थक सुभेच्छुकहरुलाई समेत आश्वस्त बनाएर त्यसको केही घण्टामै राजीनामा दिनुको अर्थ उनले पनि राजनीतिलाई ‘धुर्तहरुको खेल’ कै रुपमा बुझेर त्यहीअनुसार अगाडि बढ्न खोजेको स्पष्ट हुन्छ । जेनजी पुस्ताले आदर्श मानेकी श्रेष्ठको एउटा प्रतिवद्धता जनाएर केही घण्टामै अर्काे निर्णय गर्ने प्रवृत्तिबाट उनीहरुले के सिक्लान् ? अहिलेको लागि सबैभन्दा महत्वपूर्ण प्रश्न यही नै हो ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।