नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग २०२५ स्थगित

Sep 14, 2025 03:39 PM merolagani



नेपालमा आगामी नोभेम्बरमा आयोजना हुने भनिएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ। नेपालमा भएको ‘जेनजी’ आन्दोलनका कारण सुरक्षा र व्यवस्थापनका चुनौती देखिँदा प्रतियोगिता स्थगन गरिएको नेपाल भलिबल संघले जनाएको छ।

काभा बोर्ड अफ एड्मिनिस्ट्रेसनको शनिबार बसेको भर्चुअल बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो।

उक्त प्रतियोगिता पहिलोपटक आउटडोर स्वरूपमा आयोजना गरिँदै थियो। नोभेम्बर १५ देखि २२ सम्म काठमाडौंमा लिग सञ्चालन हुने तय गरिएको थियो। यसमा सेन्ट्रल एसियाका विभिन्न मुलुकका महिला टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको थियो।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।