सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM merolagani



जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।

उनी भदौ २३ गते मारिएका २-३ जनाको परिवारका सदस्यहरुसहित पत्रकार सम्मेलन गरिरहेका  थिए ।

"हामी नेपाल"माथि लागेको आरोपबारे स्पष्टिकरण दिन त्यहाँ दिएका  गुरुङले पत्रकारहरूकाे प्रश्नका कारण उत्तेजित भएका थिए । उनी बाेल्दै गर्दा हाेहल्ला भएकाे थियाे । हाेहल्ला बढे पछि लाइभकाे साउण्ड म्यूट गरिएकाे थियाे ।

उपस्थित केहीले सुदनमाथि हमलाको प्रयास गरेका थिए ।

सुदनलाई तिब्बती स्वतन्त्रता पक्षधर र भारतीय नागरिक भन्ने आक्षेप लागेको छ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।