नेप्सेमा माछापुच्छ्रे बैंक सहित ५ स्टकको मूल्य समायोजन

Sep 17, 2025 03:06 PM Merolagani



भदौ ३१ गते, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले माछापुच्छ्रे बैंक सहित ५ स्टकको मूल्य समायोजन गरेको छ।

नेप्सेले माछापुच्छ्रे बैंक (MBL), मेगा म्युचुअल फण्ड १ (MMF1), एनआईबिएल ग्रोथ फण्ड (NIBLGF), हिमालयन ८०–२० र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को मूल्य समायोजन गरेको हो।

माछापुच्छ्रे बैंकले भदौ २७ गते बुकक्लोज गरेको थियो भने मेगा म्युचुअल फण्ड १, एनआईबिएल ग्रोथ फण्ड, हिमालयन ८०–२० (H8020) र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ (GIBF1) ले पनि भदौ २७ गते नै बुकक्लोज गरेका थिए।