एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

Sep 21, 2025 06:43 AM Merolagani



एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले भदौ २२ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज (असोज ५ गते) अन्तिम दिन रहेको छ।

इन्स्योरेन्सले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गरेको हो।

इन्स्योरेन्सले संस्थापक समूहतर्फबाट ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४७३.९१ कित्ता लिलाम बिक्रीमा ल्याएको हो। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ। अधिकतम संख्यामा भने कुनै हद तोकिएको छैन।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।