अर्थमन्त्रीको शेयर बजारमा आमुल परिवर्तन गर्ने योजना, सरकारले पूँजी बजार सुधारको लागि के के निर्देशन दिने तयारी गर्दै छ ?

Sep 22, 2025 11:17 AM merolagani



सुवास निरौला

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल नेपालको पूँजी बजार बारेमा पूर्ण जानकार व्यक्ति हुन्। अर्थमन्त्री भए लगत्तै खनालले शेयर बजारमा आमुल परिवर्तन गर्ने योजना अनुरुप काम थालेका छन्।

अर्थमन्त्रीको हैसियतमा सोझै सबै कुराको निर्देशन दिन खनालले मिल्दैन। खनाल आफैले निर्देशन दिन नमिल्ने भएपछि खनालले घुमाउरो बाटो प्रयोग गरिरहेका छन्। उनले सबैभन्दा पहिले अर्थमन्त्री स्तरीय निर्णय गर्दै शुक्रबार नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्य रहेको कार्यदल गठन गरेका छन्।

उक्त कार्यलदललाई पूँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नु पर्ने प्रणालीगत र प्रक्रियागत सुधारका लागि ठोस कार्यान्वयन कार्य योजना प्रस्तुत गर्नु पर्ने म्यानेडड दिइएको छ। कर्यदलले पाँच दिन भित्र काम सक्नु पर्ने छ। पाँच दिन भित्रै काम सक्नु पर्ने म्यान्डेड पाएको कार्यदलको बैठक दिनहुँ बसिरहेको छ। पाँच दिन भित्रै कर्यदलले कार्ययोजना अर्थमन्त्री समक्ष पेश गर्ने संयोजकको भनाई छ। “हामीलाई पाँच दिन भित्र कार्य योजना दिनु पर्ने म्यान्डेड प्रप्त भएकोले अहिले हामी दिनहुँ बैठक बसेर छलफल गरिरहेका छौं। तोकिएकै समयमा हामी कर्ययोजना दिन्छौ” संयोजक केसीले मेरो लगानीसँग भने।

राष्ट्र बैंकले लगाएको व्यक्तिगत तर्फको शेयर कर्जाको २५ करोडको क्याप अर्थमन्त्रीलाई पहिल्यै देखि बिज्दै आएको बिषय हो। त्यसैगरि पूँजी बजारमा इक्युटीको मात्रै कारोबार हुने ऋण पत्रलगायत अन्य औजार नभएको अवस्था पनि अर्थमन्त्रीलाई सबैभन्दा धेरै खड्किएको बिषय हो। लगानीकर्ताले पूँजीगत लाभकरको बिषयमा पनि फेर बदल हुनु पर्ने माग राख्दै आएकोले त्यस बिषयमा परिवर्तन हुनु पर्ने पक्षमा खनाल छन्। जुन बिषयको बारेमा गठित कार्यदलले तत्काल गर्नु पर्ने कार्ययोजनामा समेट्ने छ। कार्यदलले सिफारिस गरेको आधारमा अर्थमन्त्रीले ति बिषय सम्बोधन गर्ने तयारी छ। सोही कारण अहिले उक्त कार्यदल गठन गरिएको हो।

शेयर बजारका लगानीकर्ताको गुनासो नहाेस् भन्ने पक्षमा खनाल छन्। शेयर बजारको समस्या तत्कालै सम्बोधन गरिदिनु पर्ने भन्ने पक्षमा खनाल छन्। सोही कारण उनले कार्यदललाई निक्कै छोटो समय दिएको अर्थमन्त्री निकट स्रोत बताउँछ। “मन्त्रीज्यु शेयर बजारको समस्या तत्काल समाधान हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ। सोही कारण एकदमै छोटो समय दिएर कार्यदल गठन गरिएको हो। कार्ययोजना आउने बित्तीकै मन्त्रीज्युले सरोकारवालालाई निर्देशन दिने योजना छ” स्रोतले भन्यो।

कार्यदलको जिम्मेवारी शेयर बजारका बारेमा जनाकार व्यक्तिहरुलाई दिइएको छ। किनकि शेयर बजारसँग सम्बन्धित व्यक्तिहरुलाई जिम्मेवारी दिँदा ठोस योजना आउने आंकलन गर्दै उनीहरुलाई जिम्मेवारी दिइएको हो। कार्यदलले मन्त्रीको चाहना अनुरुप नै योजना तयार गरिरहेको बुझिएको छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।