नेप्सेमा भाँडभैलो, नवनियुक्त अध्यक्षमाथि नेप्सेका कर्मचारीको अमर्यादित व्यवहार

Sep 23, 2025 01:48 PM merolagani



नेपाल स्टक एक्सचेन्ज एक्सचेन्ज(नेप्से)का कर्मचारीले मङ्गलवार भाँड भैलो गरेका छन्। नव नियुक्त नेप्सेका अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गर्दै भाड भैलो गरिरहेका हुन्।

नेप्सेको अध्यक्ष भएर आए लगत्तै बस्यालले कर्पोरेट स्टाइलमा काम गर्न सुरु गरेका थिए। तर कर्मचारीलाई भने उनको कार्यशैली मन परेको थिएन। आएको केही दिनमै कर्मचारीहरूलाई विभिन्न निर्देशन दिन थालेपछि कर्मचारी आक्रोशित भएको बताइएको छ।  

कर्मचारीहरूले अध्यक्षको चेम्बरमा चर्काचर्की गर्दै अध्यक्षको अपमान गरेका छन्। करिब एक घण्टा जति कर्मचारीले अमर्यादित व्यवहार गरेपछि बस्याल कार्यालय छोडेर घर तीर लागेका छन्। 

 




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।