देशभर ठूलो वर्षा भइरहेकाले बाडी पहिरोको जोखिम बढेसँगै सरकारले असोज १८, १९ र २० गतेसम्म लामो दूरीका सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
शनिबार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुचना जारी गर्दै विभिन्न ठाउँमा भारी वर्षा तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुवान एवं त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित परिस्थितिको आकंलन गर्दै कोशी, मधेस, बागमति, गण्डकी र लुम्बिनी प्रदेशका सवै जिल्लाबाट चल्ने लामो दूरीका सवारी सञ्चालनमा रोक लगाउन निर्देशन दिएको छ ।
उक्त अवधिमा यातायात व्यवसायी कसैले पनि अत्यावश्यकबाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन नचलाउन आग्रह गरिएको छ।