काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारीहरु फर्किन थाले

Oct 04, 2025 01:36 PM merolagani



देशभर निरन्तर भारी वर्षाका कारण यतिबेला काठमाडौं उपत्यका भित्रिने र बाहिरिने क्रममा रहेका सवारीहरुलाई ट्राफिक प्रहरीले धमाधम फर्काउन थालेको छ ।

 काठमाडौंबाट बाहिरिने गाडीलाई थानकोट र भित्रिने गाडीलाई कुरिनटारबाट फर्काइएको छ ।

त्यो बाहेक बीचमा रोकिएका गाडीहरुलाई पनि शुरक्षितसाथ गन्तव्यसम्म पुर्याउन प्रहरीले सहजीकरण गरिरहेको छ । सरकारले आगामी तीन दिनसम्म निरन्तर भारी वर्षा हुने सम्भावना देखेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधनको सञ्चालनमा रोक लगाएको छ ।

देशभर भारी वर्षा भएकाले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरिएको छ । यतिबेला गण्डकी, बागमति, लुम्बिनी र मधेस प्रदेशमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।




दशैं अघि १८ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

Sep 30, 2025 05:40 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ११ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ६ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।