देशभरका आधा दर्जन राजमार्ग अवरुद्ध, कुन राजमार्गको कस्तो छ अवस्था ?

Oct 04, 2025 02:05 PM merolagani



लगातारको भारी वर्षाका कारण देशभरका मूख्य राजमार्गहरु अवरुद्ध भएका छन् ।

 नेपाल प्रहरीले दिएको जानकारी अनुसार, हालसम्म ६ वटा मूख्य राजमार्ग अवरुद्ध भएका हुन् । शनिबार दिउँसो १ बजेसम्म काठमाडौं उपत्यका भित्रिने बिपी राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, कोशी राजमार्ग, सिद्धिचरण लोकमार्गलगायतका मूख्य सडक राजमार्ग अवरुद्ध भएका हुन् ।

प्रहरीका अनुसार, अबिरल बर्षाको कारण काठमाण्डौ जिल्ला चन्द्रागिरि नगरपालिकावाट बिभिन्न नाका हुँदै काठमाण्डौबाट धादिङ र मकवानपुर हुदै बाहिरिने नागढुङ्गा,गोदाम, टखेल हुदै जाने सडक खण्ड अर्को आदेश नभए सम्मको लागी दुबै तर्फका सवारी साधन होल्ड गरिएको छ । त्यस्तै,बीपी र अरनिको राजमार्गमा सवारी साधन होल्ड गरिएको छ ।

त्यस्तै,रसुवा गोसाईकुण्ड गा.पा. वडा नं २ घट्टेखोला स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट ढुङ्गा सहित सुख्खा पहिरो आई बाटो अबरोध भएको छ ।

त्यस्तै, रसुवा गोसाईकुण्ड गा।पा। वडा नं २ बालुवाखानि, र तातोपानी स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट सुख्खा पहिरो सहित ढुङगा झरी बाटो पूर्ण रुपमा अवरोध भएको छ ।

संखुवासभा भोटखोला गाउँपालिका४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध भएको छ । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पुर्ण रुपमा अवरोध भएको छ । अरनिको राजमार्गअन्र्तगत चारकिलोस्थित सडक भासिन गई सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा लेदो समेतको बाढी आई सडक अवरुद्ध हुँदा सिद्धिचरण लोकमार्गसमते पुर्ण रुपमा अबरुद्ध भएको हो ।

 

 

 

 

 

 

 

 




दशैं अघि १८ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

Sep 30, 2025 05:40 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ११ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ६ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।