अविरल वर्षासँगै बढ्न थाल्यो उपत्यकाका नदीमा पानीको बहाव

Oct 04, 2025 03:15 PM merolagani



शुक्रवार रातिदेखिको अविरल वर्षाका कारण कारण वागमती, विष्णुमतीसहितका नदीमा पानीको सतह बढ्न थालेको छ ।

शनिवार दिउँसो काठमाडौं उपत्यकाका नदीहरुमा पानीको स्तर बढ्दै गएको हो । अझै दुई दिनसम्म पनि पानी निरन्तर पर्ने भएकाले नदी छेउमा बसोवास गर्नेहरुलाई शतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । साथै लामो दूरीका यातायात बन्द गरेको छ ।

तीन दिनसम्म लामो दूरीको यात्रा नगर्न सरकारले आम नागरिकहरुलाई आग्रह गरेको छ । बारा, पर्सा, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा अत्याधिक वर्षा भइरहेको छ । वर्षा अब पूर्वी क्षेत्रमा सर्ने भएकाले पूर्वतिर शतर्कता अपनाउन आग्रह गरिएको छ ।




दशैं अघि १८ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

Sep 30, 2025 05:40 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ११ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ६ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।