सरकारले दियो भोलि र पर्सी देशभर सार्वजनिक बिदा

Oct 04, 2025 03:09 PM merolagani



सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन सञ्चालनमा समेत रोक लगाएको थियो । यसले दशैं मनाउन गाउँ गएकाहरु समेत काठमाडौं फर्कन नसक्ने भएपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसअघि दशैंको बिदा सकिएर असोज १९ अर्थात भोलिबाट सरकारी कार्यालय खुल्ने भनिएको थियो ।




दशैं अघि १८ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

Sep 30, 2025 05:40 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ११ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ६ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।