आजको सार्वजनिक बिदा कटौती, सबै प्रकारका कार्यालय खुल्ने

Oct 06, 2025 06:32 AM Merolagani



आज सोमबारबाट काठमाडौं जिल्लाका सबै प्रकारका कार्यालय खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘काठमाडौं जिल्लाका कार्यालयहरू खोल्ने र सेवा सुचारु राख्ने विषयको अत्यन्त जरुरी सूचना’ जारी गर्दै सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएको हो।

मौसममा सुधार आएकाले सरकारले दिएको बिदामा एक दिन कटौती गर्दै सबै प्रकारका कार्यालय सञ्चालनका लागि निर्देशन दिएको हो।

‘विगत २ दिन देखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरु अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति २०८२–०६–१९ र २० गते २ दिन सार्वजनिक बिदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा मिति २०८२–०६–२० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समय सम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरु, संस्थानहरू र स्थानिय तहहरुबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख एवं तदनुरुप कर्मचारीहरुको उपस्थितिको व्यवस्था मिलाउनु हुन अनुरोध छ।’ - सूचनामा भनिएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाले आइतबार राती १० बजे सो सूचना जारी गरेका हुन्।