अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु भएको छ।
उनको शुक्रबार बिहान कीर्तिपुर बर्न अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रहरीद्ले जानकारी दिएकाे छ।
गायिका समेत रहेकी नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्।
यसैवीच नितुकाे परिवारले बाबुल गिरी बिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकाे छ ।