जेन–जेड युनाइटेडको चेतावनीः ‘सरकार र मिडियाले हामीलाई छुट्याउने काम नगरोस्’

Oct 24, 2025 02:44 PM merolagani



जेन–जी पुस्ताका युवाहरुलाई एकतावद्ध हुन र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

जेन–जी समूहरुलाई एकतावद्ध भई शहीदका सपनाहरु पूरा गर्न खबरदारी गर्न जेन–जेड युनाइटेडको नामबाट शुक्रवार माईतीघर मण्डलामामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।

प्रदर्शनकारीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरु हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । प्रदर्शनमा सहभागि जेन–जी युवा आनन्दमान साम्पाङले मुलुकको विकास र समृद्धिको लागि सबै जेन–जीहरु एक हुनुपर्ने बताए। उनले सरकार र सञ्चार माध्यमहरुलाई समेत नकारात्मक सन्देश फैल्याएर जेन–जीहरुलाई छुट्याउने काम नगर्न चेतावनी दिए । 


नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरुले जेन–जी समूहलाई एकतावद्ध गर्न सरकारले समेत सहयोग गर्नुपर्ने माग राखेका छन् 




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।