स्रोत नखुलेको २३ लाख रुपैयाँसहित २ जना युवक पक्राउ

Nov 03, 2025 04:24 PM Merolagani



सप्तरीमा स्रोत नखुलेको २३ लाख रुपैयाँसहित २ जना युवक पक्राउ परेका छन् । 

सुरूङगा नगरपालिका–२ स्थित सडकबाट स्रोत नखुलेको नगद २३ लाख रुपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–५ बस्ने २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाइ रहेका छन् ।

इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बा प्रदेश ०१–०२८ च ५००८ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक किरण र गाडीमा सवार धिरजलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।